गाेरखा । नेपाली बजारमा आज सुन र चाँदीकाे भाउ बढेको छ ।
सुन ताेलामा ७०० रुपैयाँले बढेर तोलाको २ लाख ५९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुन हिजाे तोलाको २ लाख ५९ हजार रुपैयाँमा काराेबार भएकाे थियो ।
सुनकाे भाउ संगै आज चाँदीको भाउ पनि बढेकाे छ । चाँदी तोलामा १७० रुपैयाँले बढेर तोलाको ४ हजार ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । नेपाली बजारमा चाँदी याे अहिलेसम्मकै उच्च भाउ हाे ।
चाँदी हिजाे तोलाको ३ हजार ८८५ रुपैयाँमा काराेबार थियो ।



