गाेरखा । नेपाली बजारमा आज सुनकाे भाउ घटेको छ ।
सुन ताेलामा १ हजार ७०० रुपैयाँले घटेर तोलाको २ लाख ५९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुन हिजाे तोलाको २ लाख ६० हजार ७०० रुपैयाँमा काराेबार भएकाे थियो ।
सुनकाे भाउ घटेपनी चाँदीको भाउ भने आज बढेकाे छ । चाँदी तोलामा १५ रुपैयाँले बढेर तोलाको ३ हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
चाँदी हिजाे तोलाको ३ हजार ८७० रुपैयाँ थियो ।




















