गाेरखा । नेपाली बजारमा आज सुन र चाँदी दुवैकाे भाउ बढेको छ ।
सुन ताेलामा १ हजार ९०० रुपैयाँले बढेर तोलाको २ लाख ६० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । नेपाली बजारमा याे अहिलेसम्मकै महंगाे सुन हाे ।
सुन हिाजे तोलाको २ लाख ५८ हजार ८०० रुपैयाँमा काराेबार भएकाे थियो ।
यस्तै चाँदीको भाउ पनि आज तोलामा ४५ रुपैयाँले बढेको छ । आज चाँदी ४५ रुपैयाँले बढेर तोलाको ३ हजार ८७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
चाँदी हिाजे तोलाको ३ हजार ८२५ रुपैयाँ थियो ।




















