गाेरखा । नेपाली बजारमा आज सुनकाे भाउ बढेको छ ।
सुन ताेलामा २ हजार २०० रुपैयाँले बढेर तोलाको २ लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
गएकाे शुक्रबार सुनको भाउ तोलाको २ लाख ५६ हजार ६०० रुपैयाँमा काराेबार भएकाे थियो ।
यस्तै चाँदीको भाउ पनि आज तोलामा ८० रुपैयाँले घटेको छ । आज चाँदी ८० रुपैयाँले घटेर तोलाको ३ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
चाँदीको गएको शुक्रबार तोलाको ३ हजार ९०५ रुपैयाँ थियो ।



