गाेरखा । नेपाली बजारमा आज सुन र चाँदीकाे भाउ बढेको छ ।
सुन ताेलामा ३ हजार ५०० रुपैयाँले बढेर तोलाको २ लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ५३ हजार १०० रुपैयाँमा काराेबार भएकाे थियो ।
यस्तै चाँदीको भाउ पनि आज तोलामा १०० रुपैयाँले बढेको छ । आज चाँदी १०० रुपैयाँले बढेर तोलाको ३ हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
चाँदीको आजको भाउ अहिलेसम्मकै उच्च हो । हिजो चाँदीको भाउ तोलाको ३ हजार ८०५ रुपैयाँ थियो ।



