गाेरखा । सुनको भाउ आज तोलामा १ हजार रुपैयाँले बढेको छ ।
सुन ताेलामा १ हजार रुपैयाँले बढेर तोलाको २ लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ५२ हजार १०० रुपैयाँमा काराेबार भएकाे थियो ।
यस्तै चाँदीको भाउ पनि आज तोलामा ५५ रुपैयाँले बढेको छ । आज चाँदी ५५ रुपैयाँले बढेर तोलाको ३ हजार ८०५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
चाँदीको आजको भाउ अहिलेसम्मकै उच्च हो । हिजो चाँदीको भाउ तोलाको ३ हजार ७५० रुपैयाँ थियो ।




















