गाेरखा । अब नेपालमा भारतीय रुपैयाँका सबै दरका नाेठहरु चल्ने भएको छ । भारतीय केन्द्रीय बैंकले नेपालमा ठूला दरका भारु चलाउन अनुमति दिएको हो ।
अहिले नेपालमा १०० रुपैयाँ दरको भारु मात्र चलनचल्तीमा छ । भारतले अनुमति दिएसँगै त्यसभन्दा ठूला दरका भारु चलाउन पनि पाइने भएको हो ।
अहिले भारतमा १०० भन्दा ठूला २०० र २ हजार दरका नोट चलनचल्तीमा छन् । तर ३ वर्ष अघिदेखि भारतले २ हजार दरका नयाँ नोट छाप्न छाडेको छ ।
याे संगै अब आरबीआईले गरेको नयाँ व्यवस्थाले २०० र ५०० दरका भारु नेपालमा सटहीका लागि बाटो खोलिदिएको हो । अहिले भारतले भारु २५ हजारसम्म नेपाल र भुटानमा आयात–निर्यात गर्न अनुमति दिएको छ ।



