गाेरखा । नेपाली बजारमा आज सुनमा सामान्य गिरावट आएकाे छ ।
सुनको भाउ आज प्रतितोला ३०० रुपैयाँले घटेर ताेलाकाे २ लाख ५३ हजार ३०० रुपैयाँमा काराेबारबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुन हिजाे ताेलामा १४ सय रुपैयाँले बढेर ताेलाकाे २ लाख ५३ हजार ६०० रुपैयाँमा सुनको कारोबार भएको थियो ।
सुनकाे भाउ घटेपनी चाँदीको भाउ भने तोलामा १० रुपैयाँ बढेको छ । चाँदीको भाउ प्रतितोला १० रुपैयाँले बढेर ताेलाकाे ३ हजार ५४५ पैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।
चाँदी हिजाे ताेलामा ४५ रुपैयाँले बढेर ताेलाकाे ३ हजार ५३५ रुपैयाँमा काराेबार भएकाे थियो ।




















