गाेरखा । नेपाली बजारमा आज सुनको भाउ घटेकाे छ भने चाँदीकाे भाउ बढेको छ ।
सुनको भाउ प्रतितोला ४०० रुपैयाँले घटेसंगै ताेलाका २ लाख ४८ हजार ४०० रुपैयाँमा काराेबारबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजाे साेमबार सुन नेपाली बजारमा ताेलाकाे २ लाख ४८ हजार ८०० रुपैयाँमा सुनको कारोबार भएको थियो ।
त्यस्तै चाँदीको भाउ तोलामा ६० रुपैयाँ बढेको छ । चाँदीको भाउ प्रतितोला ६० रुपैयाँले बढेर ताेलाकाे ३ हजार २८० रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।
हिजाे साेमबार चाँदी ताेलाकाे ३ हजार २२० रुपैयाँमा काराेबार भएकाे थियो ।



