गाेरखा । नेपाली बजारमा साताकाे तेस्राे दिन मंगलबार सुनको भाउ तोलामा ५ हजार २०० रुपैयाँ बढेको छ ।
सुनको भाउ प्रतितोला ५ हजार २०० रुपैयाँले बढेसंगै ताेलाका २ लाख ४७ हजार ९०० रुपैयाँमा काराेबारबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजाे साेमबार सुन नेपाली बजारमा ताेलाकाे २ लाख ४२ हजार ७०० रुपैयाँमा सुनको कारोबार भएको थियो ।
त्यस्तै चाँदीको भाउ तोलामा ८५ रुपैयाँ बढेको छ । चाँदीको भाउ प्रतितोला ८५ रुपैयाँले बढेर ताेलाकाे ३ हजार २०० रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।
हिजाे साेमबार चाँदी ताेलाकाे ३ हजार ११५ रुपैयाँमा काराेबार भएकाे थियो ।



