गाेरखा । साताकाे पहिलाे दिन आज सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा २ हजार ९०० रुपैयाँले बढेको हो ।
सुनकाे भाउ ताेलामा २ हजार ९०० रुपैयाँले बढेर ताेलाकाे २ लाख ४४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुन गएकाे शुक्रवार तोलामा २ लाख ४१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी आज ३५ रुपैयाँले बढेर तोलाको ३ हजार १३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
चाँदी गएकाे शुक्रवार तोलाको ३ हजार १०० रुपैयाँमा काराेबार भएकाे थियो ।




















