गाेरखा । नेपाली बजारमा आज सुन र चाँदीकाे सामान्य भाउ बढेकाे छ ।
आज सुन ताेलामा ७०० रुपैयाँले बढेर ताेलाकाे २ लाख ४३ हजार रुपैयाँमा काराेबार भएकाे नेपाल सुन चाँदी ब्यवसायी महासंघले जनाएकाे छ ।
हिजाे सुन ताेलाकाे २ लाख ४२ हजार ३०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनकाे संगै आज चाँदीकाे भाउ पनि बढेकाे छ । आज चाँदी ताेलाकाे ३५ रुपैयाँले बढेर ताेलाकाे ३ हजार १८५ रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।
हिजाे चाँदी ताेलाकाे ३ हजार १५० रुपैयाँमा काराेबार भएकाे थियाे ।
विश्व बजारमा नै सुन र चाँदी भाउमा उतार चडाव आएपछी नेपाली बजारमा त्यसकाे प्रभावन देखिएकाे हाे ।



