गाेरखा । नेपाली बजारमा आज सुन र चाँदीकाे भाउ बढेकाे छ ।
आज सुन ताेलामा २ हजार ८०० रुपैयाँले बढेर ताेलाकाे २ लाख ४२ हजार ३०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुन चाँदी ब्यवसायी महासंघले जनाएकाे छ ।
हिजाे सुन ताेलाकाे २ लाख ३९ हजार ५०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनकाे संगै आज चाँदीकाे भाउ पनि बढेकाे छ । आज चाँदी ताेलाकाे ६० रुपैयाँले बढेर ताेलाकाे ३ हजार १५० रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।
हिजाे चाँदी ताेलाकाे ३ हजार ९० रुपैयाँमा काराेबार भएकाे थियाे ।
विश्व बजारमा नै सुन र चाँदी भाउमा उतार चडाव आएपछी नेपाली बजारमा त्यसकाे प्रभावन देखिएकाे हाे ।



