गाेरखा । नेपाली बजारमा आज एकै दिनमा सुनकाे भाउ करिब ७ हजार रुपैयाँले घटेकाे छ ।
आज सुन ताेलामा ६ हजार ९०० रुपैयाँले घटेर ताेलाकाे २ लाख ४२ हजार ८०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुन चाँदी ब्यवसायी महासंघले जनाएकाे छ ।
गएकाे शुक्रबार सुन ताेलाकाे २ लाख ४९ हजार ७०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनकाे संगै आज चाँदीकाे भाउ पनि घटेकाे छ । आज चाँदी ताेलाकाे १५० रुपैयाँले घटेर ताेलाकाे ३ हजार १३५ रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।
गएकाे शुक्रबार चाँदी ताेलाकाे ३ हजार २८५ रुपैयाँमा काराेबार भएकाे थियाे ।
विश्व बजारमा नै सुन र चाँदी भाउमा उतार चडाव आएपछी नेपाली बजारमा त्यसकाे प्रभावन देखिएकाे हाे ।



