गाेरखा । नेपाली बजारमा हिजाे एकै दिनमा करिब ६ हजार रुपैयाँले बढेकाे सुनकाे भाउ आज भने घटेकाे छ ।
आज सुन ताेलामा ५०० रुपैयाँले घटेर ताेलाकाे २ लाख ४९ हजार ७०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुन चाँदी ब्यवसायी महासंघले जनाएकाे छ ।
हिजाे सुन ताेलाकाे २ लाख ५० हजार २०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनकाे संगै आज चाँदीकाे भाउ पनि घटेकाे छ । आज चाँदी ताेलाकाे ६० रुपैयाँले घटेर ताेलाकाे ३ हजार २८५ रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।
हिजाे चाँदी ताेलाकाे ३ हजार ३४५ रुपैयाँमा काराेबार भएकाे थियाे ।
विश्व बजारमा नै सुन र चाँदी भाउमा उतार चडाव आएपछी नेपाली बजारमा त्यसकाे प्रभावन देखिएकाे हाे ।



