गाेरखा । नेपाली बजारमा आज सुन र चाँदी दुवैकाे भाउ बढेकाे छ ।
आज सुन ताेलामा ५ हजार ९०० रुपैयाँले बढेसंगै ताेलाकाे २ लाख ५० हजार २०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुन चाँदी ब्यवसायी महासंघले जनाएकाे छ ।
हिजाे सुन ताेलाकाे २ लाख ४४ हजार ३०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
आज सुनकाे संगै चाँदीकाे भाउ पनि बढेकाे छ । आज चाँदी ताेलाकाे १७० रुपैयाँले बढेर ताेलाकाे ३ हजार ३३५ रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ । चाँदीकाे भाउ याे अहिलेसम्मकै महंगाे हाे ।
हिजाे चाँदी ताेलाकाे ३ हजार १७५ रुपैयाँमा काराेबार भएकाे थियाे ।
विश्व बजारमा नै सुन र चाँदी भाउमा उतार चडाव आएपछी नेपाली बजारमा त्यसकाे प्रभावन देखिएकाे हाे ।



