गाेरखा । नेपाली बजारमा आज सुनकाे भाउ घटेकाे छ ।
आज सुन ताेलामा २ हजार १०० रुपैयाँले घटेसंगै ताेलाकाे २ लाख ४४ हजार ३०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुन चाँदी ब्यवसायी महासंघले जनाएकाे छ ।
हिजाे सुन ताेलाकाे २ लाख ४६ हजार ४०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
आज सुनकाे भाउ बढेपनी चाँदीकाे भाउ भने बढेकाे छ । आज चाँदी ताेलाकाे ५ रुपैयाँले बढेर ताेलाकाे ३ हजार १७५ रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।
हिजाे चाँदी ताेलाकाे ३ हजार १७० रुपैयाँमा काराेबार भएकाे थियाे ।
विश्व बजारमा नै सुन र चाँदी भाउमा उतार चडाव आएपछी नेपाली बजारमा त्यसकाे प्रभावन देखिएकाे हाे ।



