गाेरखा । नेपाली बजारमा आज सुन र चाँदीकाे भाउ बढेकाे छ ।
आज सुन ताेलामा ४ हजार ९०० रुपैयाँले बढेसंगै ताेलाकाे २ लाख ४६ हजार ४०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुन चाँदी ब्यवसायी महासंघले जनाएकाे छ ।
हिजाे सुन ताेलाकाे २ लाख ४१ हजार ५०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
आज सुन संगै चाँदीकाे भाउ पनी बढेकाे छ । आज चाँदी ताेलाकाे १०५ रुपैयाँले बढेर ताेलाकाे ३ हजार १७० रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।
हिजाे चाँदी ताेलाकाे ३ हजार ६५ रुपैयाँमा काराेबार भएकाे थियाे ।
विश्व बजारमा नै सुन र चाँदी भाउमा उतार चडाव आएपछी नेपाली बजारमा त्यसकाे प्रभावन देखिएकाे हाे ।



