गाेरखा । नेपाली बजारमा आज सुनकाे भाउमा सामान्य बृद्धि भएकाे छ ।
आज सुन ताेलामा २०० रुपैयाँले बढेसंगै ताेलाकाे २ लाख ३८ हजार ६०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुन चाँदी ब्यवसायी महासंघले जनाएकाे छ ।
गएकाे शुक्रबार सुन ताेलाकाे २ लाख ३८ हजार ४०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
आज सुनकाे भाउ बढेपनी चाँदीकाे भाउ भने ताेलामा ५ रुपैयाँले घटेकाे महासंघले जनाएकाे छ ।
आज चाँदी ताेलामा ५ रुपैयाँले घटेसंगै ताेलाकाे ३ हजार १५ रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।
गएकाे शुक्रबार चाँदी ताेलाकाे ३ हजार २० रुपैयाँमा काराेबार भएकाे थियाे ।
विश्व बजारमा नै सुन र चाँदी भाउमा उतार चडाव आएपछी नेपाली बजारमा त्यसकाे प्रभावन देखिएकाे हाे ।



