गाेरखा । साताकाे तेस्राे दिन मंगलबार नेपाली बजारमा सुन र चाँदीकाे भाउ घटेकाे छ ।
आज सुन ताेलामा १ हजार ४०० रुपैयाँले घटेसंगै ताेलाकाे २ लाख ३८ हजार ३०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुन चाँदी ब्यवसायी महासंघले जनाएकाे छ ।
हिजाे सुन ताेलाकाे २ लाख ३९ हजार ७०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
आज सुनकाे भाउ संगै चाँदीकाे भाउ पनी घटेकाे छ । चाँदी आज ताेलामा ४५ रुपैयाँले घटेकाे महासंघले जनाएकाे छ ।
आज चाँदी ताेलामा ४५ रुपैयाँले घटेसंगै ताेलाकाे ३ हजार १५ रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।
हिजाे चाँदी ताेलाकाे ३ हजार ६० रुपैयाँमा काराेबार भएकाे थियाे ।
विश्व बजारमा नै सुन र चाँदी भाउ घटेपछी नेपाली बजारमा पनि घटेकाे हाे ।




















