गाेरखा । साताकाे तेस्राे दिन मंगलबार नेपाली बजारमा सुन र चाँदी दुवैकाे भाउ घटेकाे छ ।
आज सुन ताेलामा २ हजार ९०० रुपैयाँले घटेसंगै ताेलाकाे २ लाख ३७ हजार रुपैयाँमा काराेबार भएकाे नेपाल सुन चाँदी ब्यवसायी महासंघले जनाएकाे छ ।
हिजाे सुन ताेलाकाे २ लाख ३९ हजार ९०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुन संगै आज चाँदीकाे भाउ पनि घटेकाे छ । चाँदी आज ताेलामा ६० रुपैयाँले घटेकाे महासंघले जनाएकाे छ ।
आज चाँदी ताेलामा ६० रुपैयाँले घटेसंगै ताेलाकाे २ हजार ९२० रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।
हिजाे चाँदी ताेलाकाे २ हजार ९८० रुपैयाँमा काराेबार भएकाे थियाे ।
विश्व बजारमा नै सुन र चाँदी भाउ घटेपछी नेपाली बजारमा पनि घटेकाे हाे ।



