गाेरखा । साताकाे दाेस्राे दिन साेमबार नेपाली बजारमा सुन र चाँदी दुवैकाे भाउ घटेकाे छ ।
आज सुन ताेलामा २ हजार रुपैयाँले घटेसंगै ताेलाकाे २ लाख ३९ हजार ९०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुन चाँदी ब्यवसायी महासंघले जनाएकाे छ ।
हिजाे सुन ताेलाकाे २ लाख ४१ हजार ९०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुन संगै आज चाँदीकाे भाउ पनि घटेकाे छ । चाँदी आज ताेलामा ३५ रुपैयाँले घटेकाे महासंघले जनाएकाे छ ।
आज चाँदी ताेलामा ३५ रुपैयाँले घटेसंगै ताेलाकाे २ हजार ९८० रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।
हिजाे चाँदी ताेलाकाे ३ हजार १५ रुपैयाँमा काराेबार भएकाे थियाे ।
विश्व बजारमा नै सुन र चाँदी भाउ घटेपछी नेपाली बजारमा पनि घटेकाे हाे ।



