गाेरखा । साताकाे पहिलाे दिन नेपाली बजारमा सुन र चाँदी दुवैकाे भाउमा गिरावट आएकाे छ ।
आज सुन ताेलामा ११ हजार ६०० रुपैयाँले घटेसंगै ताेलाकाे २ लाख ४१ हजार ९०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुन चाँदी ब्यवसायी महासंघले जनाएकाे छ ।
गएकाे कार्तिक ३ गते सुन ताेलाकाे २ लाख ५३ हजार ५०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुन संगै आज चाँदीकाे भाउ पनि भारी गिरावट आएकाे छ । चाँदी आज ताेलामा २६५ रुपैयाँले घटेकाे महासंघले जनाएकाे छ ।
आज चाँदी ताेलामा २६५ रुपैयाँले घटेसंगै ताेलाकाे ३ हजार १५ रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।
चाँदी गएकाे कार्तिक ३ गते ताेलाकाे ३ हजार २८० रुपैयाँमा काराेबार भएकाे थियाे ।
विश्व बजारमा नै सुन र चाँदी भाउ घटेपछी नेपाली बजारमा पनि घटेकाे हाे ।



