गाेरखा । साताकाे दाेस्राे दिन नेपाली बजारमा सुन र चाँदी दुवैकाे भाउ सामान्य बढेकाे छ ।
आज सुन ताेलामा ३०० रुपैयाँले बढेसंगै ताेलाकाे २ लाख ५३ हजार ५०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुन चाँदी ब्यवसायी महासंघले जनाएकाे छ । हिजाे सुन ४ हजार ८०० रुपैयाँले घटेकाे थियाे ।
सुन हिजाे ताेलाकाे २ लाख ५३ हजार २०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
त्यस्तैगरी, आज चाँदी ताेलामा ५ रुपैयाँले बढेर ताेलाकाे ३ हजार २८० रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।
चाँदी हिजाे ताेलाकाे ३ हजार २७५ रुपैयाँमा काराेबार भएकाे थियाे ।



