गाेरखा । साताकाे पहिलाे दिन नेपाली बजारमा सुन र चाँदी दुवैकाे भाउ घटेकाे छ ।
आज एकै दिनमा सुन ताेलामा ४ हजार ८०० रुपैयाँले घटेसंगै ताेलाकाे २ लाख ५३ हजार २०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुन चाँदी ब्यवसायी महासंघले जनाएकाे छ ।
सुन शुक्रबार ताेलाकाे २ लाख ५८ हजार रुपैयाँमा काराेबार भएकाे थियाे ।
त्यस्तैगरी, आज चाँदी ताेलामा ७५ रुपैयाँले घटेर ताेलाकाे ३ हजार २७५ रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।
चाँदी गएकाे शुक्रबार ताेलाकाे ३ हजार ३५० रुपैयाँमा काराेबार भएकाे थियाे ।



