गाेरखा । आज शुक्रबार नेपाली बजारमा सुन र चाँदीकाे भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेकाे छ ।
आज एकै दिनमा सुन ताेलामा ७ हजार १०० रुपैयाँले बढेसंगै ताेलाकाे २ लाख ५८ हजार रुपैयाँमा काराेबार भएकाे नेपाल सुन चाँदी ब्यवसायी महासंघले जनाएकाे छ ।
हिजाे सुनकाे भाउ ताेलाकाे २ लाख ५० हजार ९०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
त्यस्तैगरी, आज चाँदी ताेलामा ७५ रुपैयाँले बढेर ताेलाकाे ३ हजार ३५० रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।
चाँदी हिजाे ताेलाकाे ३ हजार २७५ रुपैयाँमा काराेबार भएकाे थियाे ।
नेपाली बजारमा सुन र चाँदीकाे भाउ याे अहिलेसम्मकै उच्च मूल्य कायम भएकाे हाे । बिज्ञहरुका अनुसार सुन केही दिनमा नै ताेलाका २ लाख ६५ हजार माथी पुग्ने अनुमान गरिएकाे छ ।



