गाेरखा । साताकाे पाँचाैं दिन बिहीबार नेपाली बजारमा सुन र चाँदीकाे भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेकाे छ ।
बिहीबार सुन ताेलामा २ हजार रुपैयाँले बढेसंगै ताेलाकाे २ लाख ५० हजार ९०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुन चाँदी ब्यवसायी महासंघले जनाएकाे छ ।
हिजाे सुनकाे भाउ ताेलाकाे २ लाख ४८ हजार ९०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
त्यस्तैगरी, आज चाँदी ताेलामा ३५ रुपैयाँले बढेर ताेलाकाे ३ हजार २७५ रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।
चाँदी हिजाे ताेलाकाे ३ हजार २४० रुपैयाँमा काराेबार भएकाे थियाे ।
नेपाली बजारमा सुन र चाँदीकाे भाउ याे अहिलेसम्मकै उच्च मूल्य कायम भएकाे हाे । बिज्ञहरुका अनुसार सुन केही दिनमा नै ताेलाका २ लाख ६५ हजार माथी पुग्ने अनुमान गरिएकाे छ ।



