गाेरखा । साताकाे चाैथाें दिन बुधबार पनी नेपाली बजारमा सुन र चाँदीकाे भाउ बढेकाे छ ।
आज सुन ताेलामा ४०० सय रुपैयाँले बढेसंगै ताेलाकाे २ लाख ४८ हजार ९०० रुपैयाँ पुगेकाे नेपाल सुन चाँदी ब्यवसायी महासंघले जनाएकाे छ ।
हिजाे सुनकाे भाउ ताेलाकाे २ लाख ४८ हजार ५०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
त्यस्तैगरी, आज चाँदी ताेलामा १५ रुपैयाँले बढेर ताेलाकाे ३ हजार २४० रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।
चाँदी हिजाे ताेलाकाे ३ हजार २२५ रुपैयाँमा काराेबार भएकाे थियाे ।
नेपाली बजारमा सुन र चाँदीकाे भाउ याे अहिलेसम्मकै उच्च मूल्य कायम भएकाे हाे । बिज्ञहरुका अनुसार सुन केही दिनमा नै ताेलाका २ लाख ६५ हजार माथी पुग्ने अनुमान गरिएकाे छ ।



