गाेरखा । साताकाे तेस्राे दिन मंगलबार नेपाली बजारमा सुन र चाँदीकाे भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेकाे छ ।
साताकाे तेस्नाे दिन मंगलबार सुन ताेलामा ८ हजार १०० सय रुपैयाँले बढेसंगै ताेलाकाे २ लाख ४८ हजार ५०० रुपैयाँ पुगेकाे छ ।
हिजाे सुनकाे भाउ ताेलाकाे २ लाख ४० हजार ४०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुन चाँदी ब्यवसायी महासंघले जनाएकाे छ ।
त्यस्तैगरी, आज चाँदी ताेलामा १०५ रुपैयाँले बढेर ताेलाकाे ३ हजार ३२५ रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।
चाँदी हिजाे ताेलाकाे ३ हजार ३२० रुपैयाँमा काराेबार भएकाे थियाे ।
नेपाली बजारमा सुन र चाँदीकाे भाउ याे अहिलेसम्मकै उच्च मूल्य कायम भएकाे हाे । बिज्ञहरुका अनुसार सुन केही दिनमा नै ताेलाका २ लाख ६५ हजार माथी पुग्ने अनुमान गरिएकाे छ ।



