गाेरखा । नेपाली बजार सुन र चाँदीकाे भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेकाे छ ।
साताकाे दाेस्नाे दिन साेमबार सुन ताेलामा २ हजार ४०० सय रुपैयाँले बढेसंगै ताेलाकाे २ लाख ४० हजार ४०० रुपैयाँ पुगेकाे हाे ।
हिजाे सुनकाे भाउ ताेलाकाे २ लाख ३८ जहार रुपैयाँमा काराेबार भएकाे नेपाल सुन चाँदी ब्यवसायी महासंघले जनाएकाे छ ।
त्यस्तैगरी, आज चाँदी ताेलामा ९५ रुपैयाँले बढेर ताेलाकाे ३ हजार २२० रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।
चाँदी हिजाे ताेलाकाे ३ हजार १२५ रुपैयाँमा काराेबार भएकाे थियाे ।
नेपाली बजारमा सुन र चाँदीकाे भाउ याे अहिलेसम्मकै उच्च मूल्य कायम भएकाे हाे ।




















