गाेरखा । नेपाली बजार खुलेकाे साताकाे पहिलाे दिनमा नै सुनकाे भाउ बढेकाे छ । सुन आइतबार ताेलामा ३ हजार रुपैयाँले बढेकाे हाे ।
गएकाे हप्ता शुक्रबार सुन ताेलामा ४ हजार २०० रुपैयाँले घटेर तोलाको २ लाख ३५ हजार रुपैयाँमा कारोबार भएकाेमा आज सुनकाे भाउ बढेसंगै ताेलाकाे २ लाख ३८ जहार रुपैयाँमा काराेबार भएकाे नेपाल सुन चाँदी ब्यवसायी महासंघले जनाएकाे छ ।
त्यस्तैगरी, आज चाँदी ताेलामा ४० रुपैयाँले बढेर ताेलाकाे ३ हजार १२५ रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।
चाँदी गएकाे शुक्रबार ताेलाकाे ३ हजार ८५ रुपैयाँमा काराेबार भएकाे थियाे ।



