गाेरखा । लगातार रुपमा ५ दिनसम्म बढेकाे सुनकाे मूल्य आज भने घटेकाे छ । आज सुन ताेलामा ४ हजार २०० रुपैयाँले घटेकाे हाे । याे साता लागे यता मात्रै ५ दिनमा नेपाली बजारमा सुन ताेलामा १५ हजार ४०० रुपैयाँले बढेकाे थियाे ।
सुन ताेलामा ४ हजार २०० रुपैयाँले घटेर तोलाको २ लाख ३५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी ब्यवसायी महासंघले जनाएकाे छ ।
सुन हिजाे ताेलाकाे २ लाख ३९ हजार २०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
त्यस्तैगरी, आज चाँदी ताेलामा ६० रुपैयाँले बढेर ताेलाकाे ३ हजार ८५ रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।
चाँदी हिजाे ताेलाकाे २ हजार २५ रुपैयाँमा काराेबार भएकाे थियाे ।
नेपाली बजारमा चाँदीकाे भाउ याे अहिलेसम्मकै उच्च दर कायम भएकाे हाे ।



