गाेरखा । साताकाे पाँचाैं दिन आज बिहीबार पनि नेपाली बजारमा सुन र चाँदीकाे भाउ बढेकाे छ । आज सुन ताेलामा १ हजार २०० रुपैयाँले बढेकाे हाे । याे साता लागे यता मात्रै सुन ताेलामा १५ हजार ४०० रुपैयाँले बढेकाे छ ।
दैनिक जसाे सुनकाे भाउ बढेर नयाँ किर्तिमान रेकर्ड राखिएकाे बेला आज पनि सुन ताेलामा १ हजार २०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च दर कायम भएकाे छ ।
सुन ताेलामा १ हजार २०० रुपैयाँले बढेर तोलाको २ लाख ३९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी ब्यवसायी महासंघले जनाएकाे छ ।
सुन हिजाे ताेलाकाे २ लाख ३८ हजार रुपैयाँमा काराेबार भएकाे थियाे ।
त्यस्तैगरी, आज चाँदी ताेलामा ७० रुपैयाँले बढेर ताेलाकाे ३ हजार २५ रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।
चाँदी हिजाे ताेलाकाे २ हजार ९५५ रुपैयाँमा काराेबार भएकाे थियाे ।
नेपाली बजारमा सुन र चाँदीकाे भाउ याे अहिलेसम्मकै उच्च दर कायम भएकाे हाे । नेपाली अर्थ बिज्ञहरुका अनुसार अबकाे केही दिनमा नै नेपाली बजारमा सुनकाे भाउ ताेलाकाे २ लाख ६५ हजार माथि पुग्ने प्रक्षेपण गरेका छन् ।



