गाेरखा । साताकाे चाैथाें दिन आज बुधबार पनि नेपाली बजारमा सुनकाे भाउ बढेकाे छ । आज सुन ताेलामा २ हजार ६०० रुपैयाँले बढेकाे हाे । याे साता लागे यता मात्रै सुन ताेलामा १४ हजार ८०० रुपैयाँले बढेकाे छ ।
दैनिक जसाे सुनकाे भाउ बढेर नयाँ किर्तिमान रेकर्ड राखिएकाे बेला आज पनि सुन ताेलामा २ हजार ६०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च दर कायम भएकाे छ ।
सुन ताेलामा २ हजार ६०० रुपैयाँले बढेर तोलाको २ लाख ३८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी ब्यवसायी महासंघले जनाएकाे छ ।
सुन हिजाे ताेलाकाे २ लाख ३५ हजार ४०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
त्यस्तैगरी, आज चाँदीकाे भाउ भने सामान्य घटेकाे छ । चाँदी ताेलामा ५ रुपैयाँले घटेर ताेलाकाे २ हजार ९५५ रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।
चाँदी हिजाे ताेलाकाे २ हजार ९६० रुपैयाँमा काराेबार भएकाे थियाे ।
नेपाली बजारमा सुनकाे भाउ याे अहिलेसम्मकै उच्च दर कायम भएकाे हाे । नेपाली अर्थ बिज्ञहरुका अनुसार अबकाे १ महिनामा नेपाली बजारमा सुनकाे भाउ ताेलाकाे २ लाख ६५ हजार माथि पुग्ने प्रक्षेपण गरेका छन् ।



