गाेरखा । सुन नेपाली बजारमा ३ दिनमा ताेलामा १२ हजार भन्दापनि बढीले मूल्य बृद्धी भएकाे छ । आइतबार, साेमबार र आज मंगलबारमा ताेलामा १२ हजार २०० रुपैयाँले सुनकाे भाउ बढेकाे हाे ।
दैनिक जसाे सुनकाे भाउ बढेर नयाँ किर्तिमान रेकर्ड राखिएकाे बेला आज पनि सुन ताेलामा २ हजार ३०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च दर कायम भएकाे छ ।
सुन ताेलामा २ हजार ३०० रुपैयाँले बढेर तोलाको २ लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी ब्यवसायी महासंघले जनाएकाे छ ।
सुन हिजाे ताेलाकाे २ लाख ३३ हजार १०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
त्यस्तैगरी, आज चाँदीकाे भाउ भने बढेकाे छैन । चाँदी साेमबारकै मूल्यमा ताेलाकाे २ हजार ९६० रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।
नेपाली बजारमा सुन र चाँदीकाे भाउ याे अहिलेसम्मकै उच्च दर कायम भएकाे हाे ।



