काठमाडौं । नेपाली बजारमा साताकाे दाेस्राे पनि सुन र चाँदीकाे भाउले अहिलेसम्मकै उच्च बिन्दु पार गर्दै दैनिक नयाँ रेकर्ड बनाउदै छ ।
आज सुन एकै दिन ताेलामा २ हजार ५०० र चाँदी ताेलामा ३० रुपैयाँकाे बढेर अहिलेसम्मकै उच्च दर कायम भएकाे हाे ।
सुन ताेलामा २ हजार ५०० रुपैयाँले बढेर तोलाको २ लाख ३३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी ब्यवसायी महासंघले जनाएकाे छ ।
सुन गएकाे हिजाे ताेलाकाे २ लाख २३० हजार ६०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
त्यस्तैगरी, आज चाँदी पनी ताेलामा ३० रुपैयाँले बढेर ताेलाकाे २ हजार ९६० रुपैयाँमा काराेबार भएकाे छ ।
चाँदी हिजाे ताेलाकाे २ हजार ९३० रुपैयाँमा काराेबार भएकाे थियाे ।
नेपाली बजारमा सुन चाँदीकाे भाउ याे अहिलेसम्मकै उच्च दर कायम भएकाे हाे ।



