काठमाडौं । नेपाली बजारमा सुन र चाँदीकाे भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेकाे छ । सुन एकै दिन ताेलामा ७ हजार ४०० र चाँदी ताेलामा १२० रुपैयाँकाे बढेर अहिलेसम्मकै उच्च दर कायम भएकाे हाे ।
सुन ताेलामा ७ हजार ४०० रुपैयाँले बढेर तोलाको २ लाख ३० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी ब्यवसायी महासंघले जनाएकाे छ ।
सुन गएकाे १२ गते आइतबार ताेलाकाे २ लाख २३ हजार २०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
त्यस्तैगरी, आज चाँदी पनी ताेलामा १२० रुपैयाँले बढेर ताेलाकाे २ हजार ९३० रुपैयाँमा काराेबार भएकाे छ ।
चाँदी गएकाे आइतबार ताेलाकाे २ हजार ८१० रुपैयाँमा काराेबार भएकाे थियाे ।
नेपाली बजारमा सुन चाँदीकाे भाउ याे अहिलेसम्मकै उच्च दर कायम भएकाे हाे । यस अघि असाेज १२ गते नेपाली बजारमा सुन ताेलाकाे २ लाख २३ हजार २०० कायम भएकाे थियाे भने चाँदी २ हजार ८१० रुपैयाँ काय भएकाे थियाे ।



