काठमाडौं । नेपाली बजारमा सुन र चाँदीकाे भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेकाे छ । सुन ताेलामा ७०० र चाँदी ताेलामा ७० रुपैयाँकाे बढेर अहिलेसम्मकै उच्च दर कायम भएकाे हाे ।
सुन ताेलामा ७०० रुपैयाँले बढेर तोलाको २ लाख २३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी ब्यवसायी महासंघले जनाएकाे छ ।
सुन गएकाे शुक्रबार ताेलाकाे २ लाख २२ हजार ५०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
त्यस्तैगरी, आज चाँदी पनी ताेलामा ७० रुपैयाँले बढेर ताेलाकाे २ हजार ८१० रुपैयाँमा काराेबार भएकाे छ ।
चाँदी गएकाे शुक्रबार ताेलाकाे २ हजार ७४० रुपैयाँमा काराेबार भएकाे थियाे ।
नेपाली बजारमा सुन चाँदीकाे भाउ याे अहिलेसम्मकै उच्च दर कायम भएकाे हाे । यस अघि असाेज ८ गते नेपाली बजारमा सुन ताेलाकाे २ लाख २३ हजार कायम भएकाे थियाे ।



