काठमाडौं । नेपाली बजारमा साताकाे पाँचाैं दिन आज पनि सुन र चाँदीकाे भाउ घटेकाे छ । हिजाे सुन र चाँदीकाे भाउ अहिलेसम्मकै उच्च दर कायम भएकाे थियाे ।
सुन ताेलामा १ हजार ७०० रुपैयाँले घटेर तोलाको २ लाख २१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी ब्यवसायी महासंघले जनाएकाे छ ।
सुन हिजाे ताेलाकाे २ लाख २३ हजार रुपैयाँमा काराेबार भएकाे थियाे ।
त्यस्तैगरी, आज चाँदी पनी ताेलामा १५ रुपैयाँले घटेर ताेलाकाे २ हजार ६८५ रुपैयाँमा काराेबार भएकाे छ ।
हिजाे चाँदी ताेलाकाे २ हजार ७०० रुपैयाँमा काराेबार भएकाे थियाे ।



