काठमाडौं । नेपाली बजारमा आज पनि सुन र चाँदीले नयाँ रेकर्ड बनाएकाे छ । आज सुन ताेलामा १ हजार ३०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च दर कायम भएकाे छ ।
सुन ताेलामा १ हजार ३०० रुपैयाँले बढेर तोलाको २ लाख २३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी ब्यवसायी महासंघले जनाएकाे छ ।
सुन हिजाे ताेलाकाे २ लाख २१ हजार ७०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
त्यस्तैगरी, आज चाँदी पनी ताेलामा २० रुपैयाँले बढेर ताेलाकाे २ हजार ७०० रुपैयाँमा काराेबार भएकाे छ ।
हिजाे चाँदी ताेलाकाे २ हजार ६८० रुपैयाँमा काराेबार भएकाे थियाे ।
नेपाली बजारमा सुन र चाँदीकाे भाउ याे अहिलेसम्मकाे उच्च दर कायम भएकाे हाे ।



