काठमाडौं । नेपाली बजारमा आज सुन एकै दिनमा ३ हजार ९०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च दर कायम भएकाे छ ।
सुन ताेलामा ३ हजार ९०० रुपैयाँले बढेर तोलाको २ लाख २१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी ब्यवसायी महासंघले जनाएकाे छ ।
सुन हिजाे ताेलाकाे २ लाख १७ हजार ८०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
त्यस्तैगरी, आज चाँदी पनी ताेलामा ३० रुपैयाँले बढेर ताेलाकाे २ हजार ६८० रुपैयाँमा काराेबार भएकाे छ ।
हिजाे चाँदी ताेलाकाे २ हजार ६५० रुपैयाँमा काराेबार भएकाे थियाे ।
नेपाली बजारमा सुन र चाँदीकाे भाउ याे अहिलेसम्मकाे उच्च दर कायम भएकाे हाे ।



