काठमाडौं । आज फेरी नेपाली बजारमा सुन र चाँदीकाे भाउ उच्च बिन्दुमा पुगेकाे छ ।
सुन ताेलामा ७०० रुपैयाँले बढेर तोलाको २ लाख १७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी ब्यवसायी महासंघले जनाएकाे छ ।
सुन हिजाे ताेलाकाे २ लाख १७ हजार १०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
त्यस्तैगरी, आज चाँदी पनी ताेलामा ३० रुपैयाँले बढेर ताेलाकाे २ हजार ६५० रुपैयाँमा काराेबार भएकाे छ ।
हिजाे चाँदी ताेलाकाे २ हजार ६२० रुपैयाँमा काराेबार भएकाे थियाे ।
नेपाली बजारमा सुन र चाँदीकाे भाउ याे अहिलेसम्मकाे उच्च हाे ।



