काठमाडौं । आज फेरी नेपाली बजारमा सुन र चाँदीकाे भाउ उच्च बिन्दुमा पुगेकाे छ ।
सुन ताेलामा १ हजार १०० रुपैयाँले घटेर तोलाको २ लाख १७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी ब्यवसायी महासंघले जनाएकाे छ ।
सुन गत हप्ताकाे शुक्रबार ताेलाकाे २ लाख १६ हजार रुपैयाँमा काराेबार भएकाे थियाे ।
त्यस्तैगरी, आज चाँदी पनी ताेलामा ४० रुपैयाँले बढेर ताेलाकाे २ हजार ६२० रुपैयाँमा काराेबार भएकाे छ ।
हिजाे चाँदी ताेलाकाे २ हजार ५८० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुन गएकाे भाद्र ३१ गते आजैकाे मूल्यमा काराेबार भएकाे थियाे । नेपाली बजारमा सुन र चाँदीकाे भाउ याे अहिलेसम्मकाे उच्च हाे ।




















