काठमाडौं । आज नेपाली बजारमा सुन र चाँदीकाे भाउ बढेकाे छ । लगातार २ दिनसम्म घटेकाे सुन र चाँदी आज बढेकाे हाे ।
सुन ताेलामा ८०० रुपैयाँले घटेर तोलाको २ लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी ब्यवसायी महासंघले जनाएकाे छ ।
सुन हिजाे ताेलाकाे २ लाख १५ हजार २०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
त्यस्तैगरी, आज चाँदी ताेलामा ६० रुपैयाँले बढेर ताेलाकाे २ हजार ५८० रुपैयाँमा काराेबार भएकाे छ ।
हिजाे चाँदी ताेलाकाे २ हजार ५२० रुपैयाँमा काराेबार भएकाे थियाे ।




















