काठमाडौं । साताकाे पाँचाैं दिन आज पनि सुन र चाँदीकाे भाउ घटेकाे छ । नेपाली बजारमा बुधबार सुन ताेलामा ९०० रुपैयाँले घटेकाे हाे ।
सुन ताेलामा ९०० रुपैयाँले घटेर तोलाको २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी ब्यवसायी महासंघले जनाएकाे छ ।
सुन हिजाे ताेलाकाे २ लाख १६ हजार १०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
त्यस्तैगरी, आज चाँदी ताेलामा ३० रुपैयाँले घटेर ताेलाकाे २ हजार ५२० रुपैयाँमा काराेबार भएकाे छ ।
हिजाे चाँदी ताेलाकाे २ हजार ५५० रुपैयाँमा काराेबार भएकाे थियाे ।



