काठमाडौं । साताकाे चाैथाें दिन सुन र चाँदीकाे भाउ घटेकाे छ । नेपाली बजारमा मंगलबार सुन र चाँदी हालसम्मकै उच्च बिन्दुमा पुगेकाे थियाे ।
सुन ताेलामा १ हजार रुपैयाँले घटेर तोलाको २ लाख १६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी ब्यवसायी महासंघले जनाएकाे छ ।
सुन हिजाे ताेलाकाे २ लाख १७ हजार १०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
त्यस्तैगरी, आज चाँदी ताेलामा ४५ रुपैयाँले घटेर ताेलाकाे २ हजार ५५० रुपैयाँमा काराेबार भएकाे छ ।
हिजाे चाँदी ताेलाकाे २ हजार ५९५ रुपैयाँमा काराेबार भएकाे थियाे ।



