काठमाडौं । नेपाली बजारमा सुन र चाँदीकाे भाउमा सामान्य बढेकाे छ । साेमबार सुन ताेलामा १०० रुपैयाँले र चाँदी ताेलामा ५ रुपैयाँले बढेकाे हाे ।
सुन ताेलामा १०० रुपैयाँले घटेर तोलाको २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी ब्यवसायी महासंघले जनाएकाे छ ।
सुन हिजाे ताेलाकाे २ लाख १५ हजार १०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
त्यस्तैगरी, आज चाँदी भने ताेलामा ५ रुपैयाँले बढेर ताेलाकाे २ हजार ५७५ रुपैयाँमा काराेबार भएकाे छ । नेपाली बजारमा चाँदीकाे भाउ याे अहिलेसम्मकै उच्च हाे ।
हिजाे चाँदी ताेलाकाे २ हजार ५७० रुपैयाँमा काराेबार भएकाे थियाे ।



