काठमाडौं । नेपाली बजारमा साताकाे पहिलाे दिन आज आइतबार सुनकाे भाउमा सामान्य गिरावट आएकाे छ । अधिल्लाे साताकाे शुक्रबार १६ सय रुपैयाँले बढेकाे सुन आज भने ताेलामा ७०० रुपैयाँले घटेकाे हाे ।
सुन ताेलामा ७०० रुपैयाँले घटेर तोलाको २ लाख १५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी ब्यवसायी महासंघले जनाएकाे छ ।
सुन गएकाे शुक्रबार ताेलाकाे २ लाख १५ हजार ८०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
त्यस्तैगरी, आज चाँदी भने ताेलामा ५ रुपैयाँले बढेर ताेलाकाे २ हजार ५७० रुपैयाँमा काराेबार भएकाे छ । नेपाली बजारमा चाँदीकाे भाउ याे अहिलेसम्मकै उच्च हाे ।
गएकाे शुक्रबार चाँदी ताेलाकाे २ हजार ५६५ रुपैयाँमा काराेबार भएकाे थियाे ।



