काठमाडौं । नेपाली बजारमा सुन र चाँदी अहिलेसम्मकै उच्च मूल्यमा पुगेकाे छ । हिजाे ताेलामा ५०० रुपैयाँले घटेकाे सुन आज ताेलामा १ हजार ६०० सय रुपैयााँले बढेर अहिलेसम्मकै उच्च दर कायम भएकाे हाे ।
सुन शुक्रबार ताेलामा १ हजार ६०० रुपैयाँले बढेर तोलाको २ लाख १५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी ब्यवसायी महासंघले जनाएकाे छ ।
सुन हिजाे ताेलाकाे २ लाख १४ हजार २०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
त्यस्तैगरी, आज चाँदी पनि ताेलामा ६० रुपैयाँले बढेर ताेलाकाे २ हजार ५६५ रुपैयाँमा काराेबार भएकाे छ ।
हिजाे चाँदी ताेलाकाे २ हजार ५०५ रुपैयाँमा काराेबार भएकाे थियाे ।




















