काठमाडौं । हिजाे स्थिर रहेकाे सुन भाउ आज ताेलामा ५०० रुपैयाँले घटेकाे छ ।
सुन बिहीबार ताेलामा ५०० रुपैयाँले घटेर तोलाको २ लाख १४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी ब्यवसायी महासंघले जनाएकाे छ ।
सुन हिजाे ताेलाकाे २ लाख १४ हजार ७०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
त्यस्तैगरी, आज चाँदी भने बुधबारकै तुलनामा ताेलाकाे २ हजार ५०५ रुपैयाँमा काराेबार भएकाे छ ।



